राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा नगर्न मन्त्रालयको परिपत्र

काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सो सरहको पदको कर्मचारी तत्कालका लागि सरुवा गर्न रोक लगाएको छ ।

मन्त्रालय आज एक परिपत्र मार्फत मन्त्रालयको  मंसिर ११ गतेको निर्णय अनुसार २०८० फागुन सम्म कुनै पनि निकायमा ती पदका कर्मचारीहरूको सरुवा/पदस्थापन नगर्न नगराउन आग्रह गरेको हो ।

बढुवा सूचना प्राकाशित हुनुभन्दा तत्काल अगाडि ती कर्मचारीलाई सरुवा गरी पठाउँदा लामो समय देखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने देखिएको भनि सुरुवा पदस्थपना रोकिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.