पाल्पाका विद्यार्थी पढ्दै कमाउँदै

पाल्पा- पूर्वी पाल्पाको रामपुरस्थित एक सामुदायिक विद्यालयका विद्यार्थी सिकाई उपलब्धीसँगै विद्यालयमा खर्च समेत आफैंले बन्दोबस्त गर्न सफल भएका भएका छन् ।

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभूत माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका करिब ५८ जना विद्यार्थीले तरकारी खेतिसँगै पढ्दै कमाउँदै गरेका हुन् ।

बालि विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई लक्षित कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम लागु भएपछि व्यावहारी सँगसँगै प्रयोगात्मक सिकाइको उपलब्धी समेत प्राप्त भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदिप रानाले बताउनुभयो ।

कक्षा कोठामा पुस्तक अध्ययन गरेका विद्यार्थीले विद्यालयद्धारा सञ्चालित कुखुरा, बंगुर, भैसी र बाख्रा फर्म, माछासँगै बटाई पालनको प्रयोगात्मक सिकाईले आयआर्जनमा टेवा पुगेको विद्यालयका प्रधानध्यापक रुपनाथ गौतमले बताउनुभयो ।

संघिय सरकारका यस्ता व्यावहारीक र भविष्यमा स्वरोजगार बनाउने शिक्षालाई अझ प्रभावकारी बनाउन अभिभावकलाई कृषि विषयको महत्व बुझाउन आवश्यक रहेको शिक्षा समन्वय तथा इकाइका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो ।

पाल्पाका डेढ दर्जन सामुदायिक विद्यालयमा नेपाल सरकारको शिक्षा मन्त्रालय र सिटिइभिटीको अनुमतीमा प्राविधिक शिक्षा अन्तरगत बालि विज्ञान विषय पढाई हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.