नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणको विषयमा राय बाझियो, तेश्रो इजलासमा सुनुवाइ हुने

काठमाडौ– पूर्वगृहमन्त्री बालकृष्ण खाँणकालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश सदर गर्ने नगर्ने सम्वन्धमा उच्च अदालतका न्यायाधीशहरूको राय बाझिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो ।
न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा छाडन सक्ने आदेश गर्नुभएको छ । न्यायाधीश खरेलले भने जिल्ला आदालतको आदेशलाई सदर गर्ने आदेश गर्नु भएको छ ।
संयुक्त इजालासमा राय बाझिएसँगै बालकृष्ण खाँणको हकमा तेस्रो न्यायाधीशको समेतको इजलासमा सुनुवाइ हुनेछ । त्यतिबेलासम्म खाँण थुनामै रहनेछन ।
नरेन्द्र केसी, सन्दीप रायमाझी र टेकनाथ रिजाललगायतलाई भने उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्