राजतन्त्र फर्कन सक्दैन : अध्यक्ष ओली

डडेल्धुरा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राख्नुभएको छ ।

पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताउनुभयो ।

उहाँले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.