जलवायु मैत्री विकास रणनीतिहरुबारे राष्ट्रसंघीय सम्मेलन गर्न नेपाल तयार छ: प्रचण्ड

युएई- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण सम्बन्धी जलवायु मैत्री विकास रणनीतिहरुबारे सन २०२५ मा हुने राष्ट्रसंघीय सम्मेलन आयोजना गर्न नेपाल तयार रहेको बताउनुभएको छ ।

युएइको दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका बारेमा आयोजित राष्ट्रसंघीय जीएसटी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्र संघका महासचिवले प्रस्ताव गर्नुभए बमोजिम २०२५ को सम्मेलन आयोजना गर्न नेपाल तयार रहेको बताउनुभएको हो ।

उहाँले पेरिस सम्झौता कार्यान्वयनको प्रगति सन्तोजनक नरहेको र प्रभावकारी कार्यान्वयनका लागि गम्भीर रुपमा तत्काल अघि बढ्नु पर्ने बताउनुभयो । जलबायु मैत्री विकास रणनीतिहरु लागू नगरेमा त्यसले संसारकै विकास रोक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.