दुबइमा रहनु भएका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं- जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएइको दुबइमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

त्यसबखत दुइ पक्षीय हितका बारेमा पनि छलफल भएको बताइएको छ । यसैगरि प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल मारियो डायज क्यानेली बीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा दुइपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.