नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु

रुपन्देही- नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ । बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन हुँदैछ ।

प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रथम प्रदेश सम्मेलनलाइ पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोईराला लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागि हुनेछन् ।

पार्टीका नेता कार्यकर्ता समेत गरी करिब १० हजार नेता कार्यकर्ताको सहभागिता हुने जनाइएको छ । सम्मेलनमा सहभागि हुन अधिकांश केन्द्रीय नेताहरू बुटवल आइपुग्नुभएको छ ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् । ती प्रतिवेदनमाथि प्रतितिधीहरुको छलफल गरेपछि पार्टीको आगामी कार्यदिशा तय गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.