सुन्ताला उत्पादनसंगै मुल्य बढ्दा धादिङका किसानमा खुसी

धादिङ – धादिङमा यस वर्ष सुन्तालाको उत्पादन निकै राम्रो भएकोे किसानहरु खुशी भएका छन् । तुलनात्मक रुपमा गत सालको उत्पादन भन्दा करिव ३५ प्रतिश उत्पादन बढेको किसानहरुको अनुमान छ । अनुकल मौसमका कारण यस वर्ष सुन्तालाको उत्पादनमा बृद्धि भएको हो । सुन्तालको खेती गर्दे आएका किसानहरुले गत साल भन्दा सुन्तालाको मुल्य पनी राम्रो पाएको वताएका छन् ।
यतिबेला किसानहरुले बगैचाबाटै एक सय पचास रुपैयाका दरमा खरिद विक्रि भई रहेको बताएका छन् । गत साल असीदेखी एक सय दश रुपैयामा किसानको बगैचाबाट सुन्तालाका खरीद विक्रि भएको थियो ।
सुन्तलाको फुल फुल्ने र फल लाग्ने बेला निकै राम्रो मौसम भएकाे र रोग किराको प्रकोप नभएकाले याे वर्ष उत्पादन बढेको हो । अघिल्लाे वर्षकाे तुलानामा सुन्तालाकाे दानासमेत ठुलाे छ ।
यस वर्ष पाँच सय ६० हेक्टर जमीनमा सुन्ताला खेती गरेका छ । ति मध्य उत्पादनसिल क्षेत्र भने चार सय दश हेक्टरमा मात्र भएको पनि कृषी ज्ञान केन्द्र धादिङले जनाईएको छ ।
गत वर्ष पाँच हजार दुई सय मेट्रिक टन सुन्ताला उत्पादन भएकोमा अहिले आठ हजार मेट्रिक टना सुन्ताला हुने अनुमान रहेको छ । धादिङमा उत्पादित सुन्ताला चितवन काठमाण्डौ र पोखराका बजारहरुमा विक्रिका लागी लग्ने गरिन्छ । एउटै एकै किसान परिवारले पन्ध्रदेखी अठार लाखसम्मको सुन्ताला विक्रि गर्ने लक्ष्य राखेको सुन्ताला किसानको भनाई छ ।
दक्षिणी धादिङको जवाङ्ग, हेक्राङ्ग, शिद्धलेक गाउँपालीकाको नलाङ्ग,नीलकण्ठ नगरपालीकोको बसाहा, रिजालथोकलगायतका स्थानहरुमा सुन्तालाको ब्यवसायिक खेती हुदै आएको छ ।।






प्रतिक्रिया राख्नुहोस्