रानिमहल परिसर फोहरमैलाले कुरुप र दुर्गन्धित बन्दै

पाल्पा- प्रेमको प्रतिक ऐतिहासिक रानिमहल दरबार परिसार जथाभावि फालिएको फोहोरले कुरुप र प्रदुषित बन्दै गएको छ । रानिमहल परिसरमा सञ्चालित होटल तथा रेष्टुरेण्टको लापरबाहीका कारण रानिमहल क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।
त्यहाँ अवस्थित होटलबाट फालिएका सडेका खाना र प्लाष्टिकजन्य फोहरले रानिमहल प्रदुषित मात्रै बनेको छैन रानिमहलको इतिहासलाई नै खस्काएको रानिमहल घुम्न पुग्नु भएका आन्तरिक पर्यटक थानेश्वर गैरेले बताउनुभयो ।
रानिमहल घुम्नसहित पिकनिक खाना जाने पर्यटकले असरल्ल छाडेका खानेकुरा, यत्रतत्र फालिएका जलेका कोइला, जथाभावि फालिएका मद्यपान र धुम्रपानजन्य वस्तुले रानिमहल प्रङ्गगण कुरुप बनेको रानिमहल घुम्न पुगेको घुम्न जाने पर्यटकको गुनासो रहेको छ ।
पुरातत्वतिक महत्व बोकेको रानिमहल दरबारको गर्भिलो इतिहास भए पनि यसको शौन्र्दयकरणमा स्थानिय तह तानसेन नगरपालिकाले बेवास्ता गरेको तानसेनका पुराना पर्यटन व्यवसायि मनमोहन श्रेष्ठले बताउनुभयो । रानिमहलमा लापरबाही र बेथिति बढिरेको भन्दै जिल्लाका पर्यटनसँग सरोकार राख्ने व्यवसायिले स्थानिय निकाय तानसेन नगरपालिका निर्मम भएर प्रस्तुत हुनुपर्नेमा सुझाव दिएका छन ।
यता पुरातत्व विभागबाट प्रभावकारी संरक्षणकै लागि भनेर स्थानिय तहको मतहतमा रानिमहललाई ल्याएको भन्दै देखिएका केही बेथितिलाई सुधार गर्न नगरपालिका निर्मम भएर प्रस्तुत हुने तानसेन नगरपालिकाका प्रमुख सन्तोस लाल श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले केही दिनमै अनुगमन गरि सुधारको पहल गर्ने तानसेन नगरपालिकाले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्