कौरा नाचको संरक्षणमा जुटे नवलपुरका युवाहरु

नवलपुर-  लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रुपमा मगर समुदायको कौरा नाच लोप हुदै जान थाले पछि पछिल्ला दिनमा यसको जगेर्ना गर्न नवलपुरका मगर युवाहरु कम्मर लागि परेका छन ।

नवलपरासी पूर्ब सबैभन्दा बढि मगर जाती को जनसँख्या भएको जिल्ला हो तर पछिल्ला दिनहरुमा लोक सँस्कृति हराउँदै जान थाले पछि कौरा नाच समेत लोप हुने चिन्तले मगर समुदायका युवाहरु अहिले हरेक गाउँगाउँ पुगेर यसको प्रचार सँग्र कौरा नाचमा आर्कषण बढाउन लागिपरेका बुलिगँटार गाउँपालिकाका समाजसेबी प्रेमबहादुर थापा मगरले बताउनुभयो ।
मगर जातिको सबै भन्दा रमाईलो र साँस्कृतिक महत्व झल्कने नाचका रुपमा लिईने कौरा नाच अहिले मगरहरु गाउँबस्ती बाट बिस्थापति भै शहर पस्न थाले पछि यो नाच नै लोप हुन्छ कि भन्ने चिन्ताले पनि यसको संरक्षण र जगेर्ना गर्दै कौरा नाच प्रति आर्कषण बढाउन बुलिगँटारका युवाहरु ले जिल्ला भरि नै समूूह बनाएर प्रचारप्रसारमा लागेका बुलिगँटारका अगुवा भबिलाल रानामगरले बताउनुुभयो ।
गैंडाकोट, नगरपालिका ,बुलिगंटार, बौदीकाली ,हुप्सेकोट , बिनयीत्रिबेणी गाउँपालिकमा मगर जातीको बाक्लो बस्ती रहेको छ यो जिल्लामा बाहुन ,क्षेत्री भन्दा बढि मगरको बाहुल्यता रहेको छ र यहाँको समाजमा कौरा ,झाम्रे,मारुनी नाच मगरहरुको बिशेष नाचका रुपमा लिईने गरिन्छ तर झाम्रे र मारुनी नाच भन्दा पनि कौरा नाच बढि प्रचलनमा आएकाले पनि यसको महत्व झन बढेको बुलिँगटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुभयो ।
मगर जाती लाई चिनाउने र मगरको पहिचानको रुपमा रहेको ,परापूर्ब काल देखि प्रचलनमा आएको कौरा नाचको जगेर्ना आबश्यक भएको बुलिगटार ४ का भेट बहादुर राना मगर ले बताउनुभयो ।
अहिले पहाडी क्षेत्रका बिशेष गरि युवाहरु कौरा नाच को संरक्षणका लागि २० वटा समूह बनाएर मगर केटा र केटीहरु जुटेका छन भने यसका लागि कोष नै खडा गरेर हरेक गाउँ गाउँमा नाच गान गरेर यसको दिगो संरक्षणका लागि लागेका स्थानीय कलाकार यम बहादुर आले मगरले बताउनुभयो ।

लोप हुुन लागेको कला र संस्कृतिको जगेर्ना गर्न र सरंक्षणका लागि सबैले चासो दिएर काम गर्ने हो भने नेपाली कला र संस्कृतिको बिकास अझ बढन सक्ने गैडाकोट नगरपालिका १८ का वडाध्यक्ष तिलबहादुुर चितौरे मगरले बताउनुुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.