भूकम्प प्रभावितका लागि एक बर्षभित्र स्थायी आवास -मन्त्री शर्मा
सल्यान- सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित वस्तिमा समय र लक्ष्य किटान गरेर एक वर्ष भित्र स्थायी आवास निमार्ण गरिने वताउनु भएको छ ।
सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढकाडामकोटमा स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रममा मन्त्री शर्माले स्थानीय तहको नेतृत्वमा छिटो छरितो अभियानात्मक रुपमा भूकम्प प्रभावितको स्थायी आवास निर्माण गरिने बताउनु भएको हो ।
“जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको रहेको स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिएर काम गर्नु पर्छ । भूकम्प प्रभावितको जीवन सहज वनाउनु जनताको सेवासँग जोडिएको छ । नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन र सेवा प्रवाहको भएकाले स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने छ,” मन्त्री शर्माले भन्नुभयो ।
स्थानीय आवश्यकताको आधारमा योजना बनाउने काम स्थानीय तहको भएकाले स्थानीय सरकारले जति राम्रो योजना बनाउछ, त्यसका आधारमा सङ्घ तथा प्रदेशलाई सहजीकरण गर्न सहज हुने उहाँको भनाई छ ।
रोल्पा रुकुम,सल्यान लगायतका जनयुद्धका आधार क्षेत्रले राज्य सत्ता परिवर्तनमा पुयाएको योगदान स्मरणीय रहेको उल्लेख गर्दे मन्त्री शर्माले विपत्तीको समयमा सरकार जनताको साथमै रहेको वताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले तिनै तहको सरकार र जनताको सहभागितामा भूकम्प प्रभावित क्षेत्रको पुन; निर्माण गरिने बताउनुभयो । “भूकम्प प्रभावितको खोज उद्धारमा लिएको पहलकदमी अव पुर्ननिर्माणमा पनि लिएर जनजीवन सहज वनाईने छ]], मन्त्री शर्माले भन्नुभयो ।
सल्यान दार्मागाउँपालिकामा गएको कार्तिक १७ गते गएको भूकम्पले दार्मा गाउँपालिका सल्यानमा ठूलो भौतिक क्षति गरेको छ। गाउँपालिका भित्र रहेका १ हजार १७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १हजार ८१ घरहरु आंशिक क्षति भएको छ। पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष निमवहादुर केसीका अनुसार पालिका भित्रका २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पालिकामा रहेका १ हजार १७९ घरधुरीका ६हजार ३१८ जनसंख्या बिस्थापित भएको छ ।
प्रतिक्रिया राख्नुहोस्