साताको पहिलो दिन सेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घटेर ३५४.४३ विन्दुमा अडिएको छ।
२९३ स्टकको ३६ हजार ९७७ पटकको कारोबारमा ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोवार भएको छ । ३४ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।
सामान्य अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
प्रतिक्रिया राख्नुहोस्