बागमतीमा सर्वदलीय बैठक निष्कर्षबिहीन
मकवानपुर- बागमती प्रदेशको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो अडान नछाड्दा आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन भएको हो ।
बैठकमा बजेट कार्यान्वयन, समितिका सभापतिको चयन र पूर्वाधार विकास कोषको रकम सम्बन्धमा छलफल भएको नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।
सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले पुनः अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको नेता खनालले बताउनुभयो ।
यद्यपी सहमतिको प्रयासलाई भने सत्तापक्षले जारी राख्ने उहाँले स्पष्ट पार्नुभयो ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार प्रदेशको विकास र गणतन्त्र प्रति गम्भिर नबनेको आरोप लगाएको छ ।
एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारलाई सही बाटोमा हिँड्न र मनोमानी ढंगले अगाडि नबढ्न सचेत गराएको बताउनुभयो ।
एमालेले सत्तापक्षसँग संसदीय समितिको नेतृत्वको सवालमा बार्गेनिङ नगरेको उहाँको भनाइ थियो ।।
प्रतिक्रिया राख्नुहोस्