छिमेकीबाटै एकल महिलाको हत्या

सुनसरी-  सुनसरीको इटहरी- २ शान्तिनगरमा एकल महिलाको बिभत्स हत्या भएको छ ।
हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन ।
घर पछाडिको गोठमा गोवर फाल्दै गरेकी एकल महिला ६८ वर्षीया मधेमाया पुरीलाई आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भिर बनेकी ६८ वर्षीया पुरीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।
घटनामा मृतककी बुहारी सरू पुरी घाइते बनेकी छिन ।
सासुलाई खुकुरी हानेको प्रत्यक्ष देखेपछि उनलाई पनि प्रहार गरिएको र पाखुरामा चोट लागेको स्थानीयले बताएका छन ।
घटना लगत्तै प्रहरीले हत्यामा संलग्न सन्तोष राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
घटना के कारणले भएको हो भन्ने बारे भने खुलेको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.