हामी जलवायु विज्ञानको सम्मान गर्छौँं : सुल्तान अल जाबेर

जीवाश्म ईन्धनसम्बन्धी विज्ञानमाथि प्रश्न उठाएको भिडियो सार्वजनिक भएपछि आलोचनाको सामना गरेका संयुक्त राष्ट्रसङ्घीय जलवायु परिबर्तनसम्बन्धी सम्मेलनका संयुक्त अरब इमिरेट्स (युइई) प्रमुखले जलवायु विज्ञानको सम्मान गर्ने बताउनुभएको छ ।

जीवाश्म ईन्धनको भविष्यको बारेमा कठिन वार्ताको बीच युइई) प्रमुखले सुल्तान अल जाबेरले कोप २८ प्रमुखको कामलाई ‘कमजोर पार्ने’ बारम्बारका प्रयासहरूको आलोचना गर्नुभएको हो ।

“हामी यहाँ छौं किनभने हामी विज्ञानलाई धेरै विश्वास र सम्मान गर्छौं,” जाबेरले पत्रकारहरूसँग भन्नुभयो ।

जाबेरले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय जलवायु परिबर्तनसम्बन्धी सम्मेलनका प्रमुखले गरिरहेको सबै यी काम विज्ञानमा केन्द्रित हो र हुनेछ ।

उहाँले सन् २०३० सम्ममा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ४३ प्रतिशतले कटौती गर्नुपर्ने र पूर्व–औद्योगिक स्तरबाट तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो ।

‘द गार्जियन’ पत्रिकाले आइतबार एक भिडियो प्रकाशित गरेको थियो जसमा जाबेरले आयरल्याण्डकी पूर्व राष्ट्रपति मेरी रोबिन्सनसँग एक अनलाइन फोरममा जिस्काउने अभिव्यक्ति आदानप्रदान गरेको देखाइएको थियो ।

“म कुनै पनि तरिकामा अनावश्यक छलफलको लागि सहभागी भइरहेको छैन,“ जाबेरले नोभेम्बर २१ मा सम्पन्न समुद्री परिवर्तनसम्बन्धी एक अनलाइन सम्मेलनमा भन्नुभएको थियो ।

“म तथ्यात्मक छु र म विज्ञानको सम्मान गर्दछु । जीवाश्म ईन्धनबाट क्रमशः रोक्ने सहमतिको अहिलेको क्रियाकलापले १.५ डिग्री तापक्रम वृद्धिको सीमा प्राप्त गर्न गइरहेको छ भन्नेमा कोही विश्वस्त छैन ।

उक्त भिडियोले अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूबीच आक्रोश पैदा गरेको थियो ।

“यदि कोप २८ का अध्यक्ष विज्ञानद्वारा निर्देशित छन् र १.५ डिग्री सेल्सियसमा राख्ने उहाँको अर्जुनदृष्टि हो भने उनले सही निष्कर्ष निकाल्नुपर्छ । जीवाश्म ईन्धनको पूर्ण र द्रुत चरणभन्दा कम केही पनि हामीलाई त्यहाँ पु¥याउने छैन,” जीवाश्मा इन्धन परिवर्तन इन्टरनेसनलका लागि विश्वव्यापी नीति प्रमुख रोमेन इउआलेनले भन्नुभयो ।

जाबेरले सोमबार भन्नुभएको छ, “मैले पटक–पटक भनेको छु कि जीवाश्म ईन्धन प्रयोगको नियन्त्रण र अन्त्य अपरिहार्य छ ।”

पहिलेको विवादित भिडियोमा जाबेरले केवल ‘नियन्त्रण’ को अनिवार्यताको बारेमा सार्वजनिक रूपमा कुरा गर्नुभएको थियो । यसलाई जीवाश्म ईन्धन भविष्यमा पूर्ण रूपमा हट्ने छैन भन्ने उहाँको विश्वासलाई सङ्केत गर्छ ।

शुक्रबार जारी गरिएको कोप २८ सम्झौताको पहिलो मस्यौदामा हरितगृह ग्याँस उत्सर्जनको ठूलो हिस्सा जीवाश्म ईन्धनको ‘नियन्त्रण÷अन्त्य’ को लागि भन्ने भाषा समावेश गरिएको छ ।

यद्यपि, सबै पक्षले आ–आफ्नो प्राथमिकताका लागि जोड दिँदा वार्ता जटिल बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.