रुकुम पश्चिममा गैर आवासीय नेपालीलाई नागरिकता प्रदान सुरू
रुकुम पश्चिम – रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको छ । सोमबार पहिलोपटक दुईजना गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खडक बहादुर पुन मगर र हिरा पुन मगरलाई नागरिकता प्रदान गरिएको छ ।
नेपालमा रहँदा बाँफिकोट गाउँपालिका वडानम्बर-५ ठेगाना भएका दुबै जनालाई नेपालको संविधान, नेपाल नागरिकता ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको बताईएको छ हाे ।।
प्रशासनले उनीहरूलाई क्रमशः पहिलो र दोस्रो गैर आवासीय नागरिकका रुपमा नेपाली नागरिकता प्रदान गरिएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्