एभोकाडो खेती व्यवसायिक रुपमा फस्टाँउदै तर रोग-किराको समस्या
धनकुटा – पछिल्लो समय धनकुटामा एभोकाडो फल निकै लोकप्रिय छ । धनकुटा नगरपालिका क्षेत्र भित्रका अधिकांश कृषकले यसको खेति सुरु गरेका छन्। भर्खरै मात्रै व्यवसायिक हुदै गएको यो फलमा विभिन्न रोगका किराको कारण समस्या देखिन थालेपछि भने कृषक कृषका चिन्तित बनेका छन् ।
गत वर्षसम्मको तथ्यांक हेर्दा धनकुटामा करिब १२ हजार ७८ रोपनि क्षेत्रफलमा एभोकाडोको खेति हुदै आएको छ । २०७५ सालसम्म करीब ४ हजार ४० रोपनी क्षेत्रफलमा खेती हुने गरेको एभोकार्डो गत वर्षसम्म आउँदा २ सय प्रतिशतले बढेको हो । सुन्तला जुनारलगायतका खेति गदै आएका कृषक समस्या देखिन थालेपछि एभोकाडो खेति तर्फ लागेका थिए। अझ धनकुटा नगरपालिकाले एभोकाडोको राजधानिनै घोषणा गरेपछि किसान एभोकार्डो खेतीतर्फ आकर्षित भएका हुन् ।
एभोकाडोको खेति बढेसंगै रोग किराको प्रकोपबाट बोटमा फल नअडिने, बोटनै सुक्ने लगायतका समस्या देखिन थालेका छन् । फलले आम्दानी दिने बेलामा समस्या देखिन थालेपछि चिन्तीत बनेको कृषक गोविन्द श्रेष्ठले बताउनु भयो ।
धनकुटामा उत्पादित एभोकाडोको फल तथा बिरुवा देशका बिभिन्न स्थानमा पुग्ने पनि गरेको छ। कृषकलाई एभोकाडोको बारेमा प्राबिधिक ज्ञान नहुनु, बगानको उचित ब्यबस्थापन नहुँदा समस्या आएको कृषि प्राबिधिकहरुको भनाई छ। एभोकार्डो खेतीसंगै समस्या आउने भएकाले स्थानिय सरकारलेनै चासो दिनुपर्ने कृषि अभियान्ता जीवन राईले बताउनु भयो।
धनकुटामा अहिले ४ हजार ९ सय परिवारले गरेको एभोकाडो खेतिबाट बार्षिक करिब दुई लाख ३९ हजार ४ सय किलो एभोकाडो उत्पादन हुदै आएको छ । तर, रोगकिरा प्रकोपको समस्या समाधान नहुँदा एभोकार्डो उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्