एनसेल सेयर खरिद -बिक्री प्रकरणबारे छलफलमा सत्ता गठबन्धन

काठमाडौं – एनसेल सेयर खरिद-विक्री प्रकरणका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।  प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रकरणका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धमा रहेका दलहरुका साथै सरोकारवाला निकायको बैठक बोलाउनु भएको थियो ।

बालुवाटारमा जारी बैठकमा सरकारमा सहभागी दलका शिर्ष नेता सरोकारवाला मन्त्री लगायत विभिन्न विभागीय नेतृत्वहरुको सहभागिता रहेको छ।  बैठक मूलत एनसेल सेयर खरिद विक्री प्रकरणमा केन्द्रीत रहेको बताइएको छ ।

एनसेलले सेयर विक्री गरेसँगै दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् ।

नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.