उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री गंगालाल अस्पतालमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अहिले गंगालाल अस्पताल पुग्नु भएको छ ।

प्रधानमन्त्री दाहालले उपचाररत उपप्रधानमन्त्री श्रेष्ठलाई समेत भेट्नु भएको छ । उहाँले चिकित्सकहरुसँग उपप्रधानमन्त्री श्रेष्ठको उपचारका बारेमा जानकारी लिनुभएको छ ।

यसअघि,  उपचारमा संलग्न चिकित्सकहरूले श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए।

हिजो अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उहाँलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उहाँको उपचार गएिको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.