नक्कली भुटानी शरणार्थी प्रकरण: खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौँ- उच्च अदालत पाटनले  नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहनु भएका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको छ ।

यसअघि गत मंसिर १५ गते पुनरावेदन उपरको सुनुवाइमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा विषयमा राय बाझिएपछि तेस्रो बेञ्चबाट निर्णयमा पुगिने आदेश भएको थियो ।

सोही अनुसार अदालतले मसिर २८ गते विहिवार तेस्रो न्यायाधीश रहने एकल इजलासमा खाँणको सुनुवाइको मिति तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

गत मंसिर १५ गते भएको पुनरावेदनको उपरको आदेश गर्दा खाँडलाई रिहाइ गर्ने वा नगर्ने विषयमा मत बझिएको थियो ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने र अर्का न्यायाधीश खरेलले नामै राख्नुपर्छ भन्ने राय दिनु भएको थियो।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.