कोप २८ मा ‘हिमालको पुकार’ वृत्तचित्र देखाइयो

दुबई- संयुक्त अरब इमिरेट्स्को दुबईमा भइरहेको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायु जन्य हानी नोक्सानी समेटिएको वृत्तचित्र हिमालको पुकार (द प्ली अफ माउण्टेन) प्रदर्शन गरिएको छ ।
उक्त वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल पग्लिदा त्यसले जनजीवनमा पारको असरलाई देखाइएको छ । त्यस्तै, जलवायु परिर्वनका कारण नेपालको मनांग, मुस्तांग, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, डोल्पाको फुक्सुण्डो, तराई मधेशमा गएका बाढी पहिरो र क्षति समेटिएको छ ।
वृत्तचित्रमा प्रभावित क्षेत्रका वासिन्दाको आवाज समेटिएको छ भने नेपाललाई जलवायु न्यायका लागि विशेष ध्यानाआकृष्ट गराएको छ ।
उक्त वृत्तचित्रको लेखन र निर्देशन पत्रकार बालकृष्ण बस्नेतले गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.