लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी र सभामुख मगरवीच बुटवलमा भेट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र सभामुख बीच बुटवलमा भेट बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगर बीच आज भेटबार्ता भएको छ । आज बुटवलमा भएको भेटबार्तामा हिउदे अधिबेशन आव्हान, प्रदेश सभाको विषयगत समितीको सभापति चयन, सरकार बिस्तार लगायतको विषयमा छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।

झन्डै एक १घण्टा भएको छलफल भेटमा सरकार र सभाका काम कार्बाहीलाई प्रभावकारी रुपमा लैजान एक आपसमा समन्वय आवस्यकता पर्नेमा मुख्यमन्त्री र सभामुखले जोड दिनु भएको थियो । प्रदेश सभाको काम कार्बाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको बिषयमा पनि छलफल भएको बताएको छ ।

मुख्यमन्त्री र सभामुख बिच सरकार र प्रदेश सभा संचालनको सन्दर्भमा नियमित रुपमा छलफल भए पनि राजधानी देउखुरी उपत्यका सरेपछि बुटवलमा भएको भेटघाट सम्भवतह:पहिलो पटक हो ।

दुबैजना कार्यक्रमको सिलसिलामा रुपन्देही आउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.