एनसेल प्रकरणबारे जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

काठमाडौं- एनसेल सेयर बिक्रीका सम्बन्धमा जानकारी लिन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।

समितिको शुक्रवार बसेको बैठकले प्रधानमन्त्रीलाई बोलाएर एनसेल बिक्री र त्यससम्बन्धमा सरकारले चालेको कदमबारे जानकारी लिने निर्णय गरेको हो ।

“यस विषयमा सरकारले छानविन समिति समेत गठन गरिसकेको अवस्था छ । मुलुकको सुशासनसँग सम्बन्धित विषय पनि हो । आजको बैठकले यस विषयमा प्रधानमन्त्रीलाई नै समितिमा बोलाएर विस्तृत जानकारी लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको समय मिलाएर मिति र बैठकको समय तय गरिने छ,”  समिति सभापति रामहरी खतिवडाले नेपालटिभी अनलाइनलाई भन्नुभयो।

यसअघि यसै विषयमा संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले सरकार र  एनसेलसँग जानकारी माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.