यो बर्षमात्र सर्वोच्चमा २८ हजारभन्दा बढी मुद्दा दर्ता

गोरखा- सर्वोच्च अदालतमा यो बर्ष मात्र २८ हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । गोरखा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यस आर्थिक बर्षमा मात्र सर्वोच्चमा २८ हजार मुद्दादर्ता भइसकेको जानकारी दिनुभएको हो ।

‘वर्षेनी ४० हजारभन्दा बढी मुद्दा दर्ता हुन्छ,यता जनताको अपेक्षा चाडै न्याय सम्पादन होस् भन्ने हुन्छ,हामीले सबै मुद्दा हेर्नुपर्ने भएकाले गर्दा गर्दै पनि न्याय सम्पादनमा केही समय लाग्छ । यो बर्ष मात्र २८ हजार बढी मुद्दा दर्ता भइसकेका छन्,” प्रधान न्यायाधीश श्रेष्ठले भन्नुभयो ।

सर्वोच्च अदालतमा बक्यौता मुद्दाको लगत कम हुदै गएको उहाँले बताउनु भयो । दुई बर्ष नाघेका मुद्दाहरू शून्यमा ल्याउने उद्देश्यका साथ अदालतहरु लागि परेको बताउँदै उहाँले गोरखा अदालतले गत आव गरेको कामको मूल्याकंन समेत गर्नु भयो ।

”सर्वोच्च अदालतमा पेशी तोक्ने कार्यलाई स्वचालित पद्धतिमा राखिएको र त्यसको सकारात्मक नतिजा उहाँको भनाई छ । पेशी कार्य तोक्दा स्वचालित मेसिनको प्रयोग समेत गर्न थालिएको छ यो सर्वोच्च अदालतमा प्रभावकारी देखिएको छ, अव छिट्टै उच्च अदातलहरुमा यसको प्रयोग गर्छ’,’ उहाँले भन्नु भयो ।

गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको हो। ६ तले उक्त पक्की भवनमा लिफ्ट समेत राखिएको छ । भवनमा चार वटा इजलास कक्ष, ४७ वटा कोठा, एक सभाहल र ३४ वटा शौचालय रहेका छन् । २०७४ साल मंसिर ६ गतेबाट भवन निर्माण कार्य शुरु भएको थियो । २०७७ साल माघ २३ गते सम्पन्न भएको र माघ २४ गतेबाटै उक्त भवनबाट अदालतले सेवा प्रवाह गरेको हो । भवन १५ करोड ६४ लाखमा निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.