एनसेलको सेयर बिक्री सम्बन्धमा सांसद सिंहद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं- सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर बिक्री सम्बन्धमा सर्वोच्चमा रिट दायर गर्नु भएको छ । सिंहले एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै  विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै शुक्रबार सर्वोच्चमा रिट दायर गर्नु भएको हो । 

दायर गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।

 रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको सांसद सिंहले फेसबुक मार्फत जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.