तराईमा जाडो बढ्न शुरू

रौतहट – तराई क्षेत्रमा करिव दुई दिनदेखि चिसो ह्वात्तै बढेको छ । चिसोले गर्दा जनजीवन प्रभावित बनेको छ । रौतहटमा शितलहरका कारण बढेको अत्यधिक चिसोले शनिबार देखि चिसो बढेको हुस्सु भईरहेको हो। अन्य दिनकाे तुलनामा शनिबार बिहान जाडो बढेको छ ।

बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ ।

मध्यान्हपछि चिसो स्याँठ समेत चलेपछि जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको थियो ।
चिसोका कारण राजमार्गमा सार्वजनिक र निजी सवारी समेत कम, रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जाडो बढेपछि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम गौर, लगाएतका अन्य ठाउँहरू बाट जनकारी गराएका छन।
यसैबीच अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कर्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र सचेत भएर बस्न अनुराेध गर्नुभएकाे छ ।

सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिती न्युन देखिएको छ । दैनिक मजदुरी गरेर जिबिकोपार्जन गर्नेहरुलाइ चिसोले निकै सताउने देिखएकाे छ। ।

रौतहटमा पनि जाडो र बाक्लो कुहिरोको कारण विगत दुईदिन देखि जिल्लाको जन-जीवन निरन्तर प्रभावित हुँदै आएको उल्लेख गरेका छन् ।  गौर , गरूडा, चपुर कपडा पसलमा कपडाको विक्री बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.