भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतिक संरक्षण: मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार मौलाउनुको मुख्य कारण भ्रष्टाचारीलाई ‘राजनीतिक संरक्षण’ रहेको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक संरक्षणले भ्रष्टाचार बढ्दै गएको दाबी गर्नुभयो । उहाँले भष्ट्राचार नियन्त्रणका लागि पहिले राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जनताले विश्वास गरेका राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले नै निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्न नसक्दा भ्रष्टाचार थप मौलाएको जिकिर गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले पछिल्लो समय अख्तियार अनुसन्धान आयोग ‘तर्साउने हतियार’ मात्रै बनेको टिप्पणी गर्नुभयो ।

मननपर्ने बितिकै अख्तियारमा ‘बेनामे’ मुद्दा हाल्ने प्रवृतिले अधिकारको दुरुपयोग भएकोप्रति मुख्यमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो । जनताले दुःख पाउँदा राज्य व्यवस्थामाथि नै प्रश्न उठिरहेको बताउँदै अख्तियारले निष्पक्ष भएर उजुरीहरुको सत्यतथ्य छानबिन गरेर मात्रै निवेदन लिन सुझाव दिनुभयो ।

एक अर्कालाई दोषी देखाएर भष्ट्राचार निवारण नहुने तर्क राख्दै मुख्यमन्त्री जम्कट्टेलले सबै राजनीतिक नेतृत्व, कर्मचारी प्रसाशन, नागरिक समाज, सञ्चारकर्मी निश्पक्ष भएर लागेमा भष्ट्राचार नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.