स्वचालित पेस्तोल सहित ३ जना पक्राउ

मकवानपुर – स्वचालित पेस्तोल सहित ३ जना पक्राउ भावना रिजाल, मकवानपुर मंसिर २३ मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले स्वचालित पेस्तोल र त्यसमा प्रयोग हुने २० राउन्ड गोलीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा–९ का ३३ वर्षका निश्चल पौडेल, ३५ वर्षका गणेश घले र वर्ष ३० का प्रितम क्षेत्री रहेका छन् । शुक्रबार पक्राउ साँझ पक्राउ परेका उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो । 

उनीहरूको साथबाट १ थान स्वाचालित पेस्तोल, २० थान गोली, ४ वटा गोलीका खोका, ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको दुईवटा मोटरसाइकल र नगद ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो । 

निश्चल पौडेलको योजनामा मंसिर १८ गते हेटौँडा ९ का सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरी एक करोड रुपैयाँ माग गरिएको थियो । निश्चल सूर्यप्रसादका आफ्नै भतिज हुन् । गोली प्रहारबाट घरको पर्खालमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक सिताराम रिजाल नेतृत्वको टोलीले तीन दिन लगाएर उक्त घटनाको अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.