गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
काठमाडौंँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले आइतबार डिस्चार्ज गरिएको जानकारी गराएको हो ।
हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा मसिर २४ गते अस्पतालबाट डिस्चार्ज गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुटुको समस्या बल्झिएपछि गृहमन्त्री श्रेष्ठ गत मंसिर १९ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भइ उपचाररत हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्