छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाउनु पर्नेमा ओलीको जोड

नुवाकोट- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को क्रममा शनिबार राति नुवाकोट आइपुग्नुभएका अध्यक्ष ओलीको आज आइतबारसम्मको नुवाकोट बसाईमा ‘सन्देश सभा’ लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र भारतसहित संसारका सबै देशसँग मित्रवत् व्यवहार अपनाउनुपर्ने बताउनुभयो ।

“हामी असंलग्न परराष्ट्र नीति अपनाउछौँ । कतैतिर ढल्कदैनौँ । कसैको स्वार्थमा कुद्ने छैनौँ । हाम्रो परराष्ट्र नीति स्पष्ट छ ।” उहाँले भन्नुभयो, “हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन् । तर, ती सबै मित्र राष्ट्रबाट मित्रवत व्यवहार पाउनुपर्छ ।”अध्यक्ष ओलीले पोखरा र लुम्बिनी विमानस्थल आफ्नो अग्रसरतामा चिनियाँ सरकारको सहयोगमा तयार गरेको दाबी गर्दै अहिलेको सरकारले सञ्चालनमा ल्याउन नचाहनु चिनियाँ लगानी निरुत्साहित बनाउन खोजेको होकी भन्ने लागेको गुनासो गर्नुभयो ।

पार्टीको केन्द्रीय पदाधिकारीसहित पुष्पलाल मध्यपहाडी राजमार्गको स्थलगत भ्रमणमा रहनुभएका अध्यक्ष ओलीले अपेक्षाअनुसार काम नभएको’ भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्ने आरोप लगाउनुभयो । “काम गरेको केही देखिएन । उहाँले भन्नुभयो, “सरकारको सेवा प्रवाहको अवस्था कमजोर छ भन्ने लागेको थियो । राजमार्गको निर्माणमा भएको ढिलाईले थप पुष्टि भयो ।”

बैतडीस्थित झुलाघाटबाट सुरु भएको यात्राको दशौँ दिन शनिबार नुवाकोट आइपुगेको अध्यक्षसहितको केन्द्रीय पदाधिकारीको समूहले जिल्लाको बट्टार र छहरे बजारमा आयोजित सन्देश सभालाई सम्बोधन, सरोकारवालासँग अन्तरक्रिया, भूकम्पले क्षति पु¥याए पश्चात पुनःनिर्माण हुन नसकेको नुवाकोटको सात तले दरबार क्षेत्रको अवलोकनसहित आजै सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.