किलाेकाे पाँच रूपैयाँमा समेत बिक्रि भएन धादिङमा गाेलभेडा

धादिङ – तरकारी खेती नै मुख्य आम्दानी बनाएका दक्षिण धादिङस्थित बेनीघाट रोराङ्ग गाउँपालिकाको दुम्लीङ्गका चेपाङ्ग समुदायका किसानहरुले यस वर्ष तरकारी बारीमा नै छाडिदिएका छन् । विशेष गरी गोलभेडा उत्पादनमा लागेका किसानहरुले उत्पादनको मुल्य नपाउदा गोलभेडा बारीमा नै छाडिदिएका हुन् । अहिले किसानले प्रति किलो गोलभेडाको पाँच रुपैया पाउने गरेका छन् भने त्यो मुल्यमा विक्रि गर्न बजार लग्दा उनिहरुले बजारसम्म लग्ने गाडि भाडा समेत नआउने भए पछी उनिहरु थप समस्यामा परेका हुन् ।
अहिले बारी भरी नै गोलभेडा राताम्य भइ पोकेका छन । गोलभेडा विक्रिबाट लागत मुल्य आउनेभन्दा बजारसम्म लग्ने गाडि भाडा समेत नठ्ने भए पछी गोलभेडा बारीमा नै छाडिदिएको किसानहरुको भनाई छ ।
बजार नपाउने समस्या त छदैछ चिसाे माैसमका कारण बाेट सुक्दै जाने र गाेलभेडा कुहिँदै जान समेत थालेका छन्।
एउटै किसान परिवारको करिव तिस रोपनी जमिनमा लगाएकाे गोलभेडा खेती अहिले त्यतिकै खेर गएको हाे । प्रति रोपनी जमिनमा गरिएको गोलभेडा खेतीबाट किसानले साठिदेखी असी हजारसम्म एक सिजनामा आम्दानी गर्ने गरेको भनाई छ ।
सिमान्तकृत चेपाङ्ग समुदायका मानिसहरुको जिवनस्तर उकास्नका लागी स्थानीय तहलगाएत राज्यका सबै तहले विभिन्न कार्यक्रमहरु त लागु ग¥यो तर कृषि पेशामा लागेका उनिहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा भने कसैले चासो नदेखाउँदा यस्तो अवस्था आएको हो ।
मकै बाली पछी दोस्रो मुख्य बालीको रुपमा तरकारी खेतीको पनी गोलभेडा उत्पादनलाई दुम्लीङ्गका किसानहरुले लिदै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.