तीन विद्यालयका दुइ सय ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट- नुवाकोटको तारकेश्वरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यसवाट जाडोमा झण्डै तीनसय जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।
तारकेश्वर गाउँपालिका ४ को तीन वटा विद्यालयमा अध्ययनरत २ सय ८० जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ ।

सरस्वती आधारभूत विद्यालय, चण्डी माद्यामिक विद्यालय र अन्नपूर्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको हो ।
सोही वडाका वडासदस्य रामकाजी थापाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । न्यानो कपडा पाएपछि सवैभन्दा वढि आदिवासी जनजाती समुदायका बालवालिकाहरु खुसी भएका छन् । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.