विष सेवनकर्ताको उपचारमा प्रभावकारी बन्दै विष सूचना केन्द्र

काठमाडौँ- करिव तीन महिना अघि सञ्चालनमा ल्याइँएको नेपालको पहिलो विष सूचना केन्द्र विष सेवनकर्ताको उपचारमा प्रभावकारी बन्दै गएको छ ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको उक्त केन्द्र सञ्चालन भएयता विष सेवन गरेका ४० भन्दा बढीको ज्यान बचाएको छ ।  केन्द्रले उपलब्ध गराउने सूचनाबाट विष सेवनकर्ताको उपचारमा प्रभावकारीता र मृत्युदर घट्ने विश्वास चिकित्सकहरूको लिएका छन् । 

विष सेवन पछिको उपचारका लागि केन्द्रले  २४ सैं घण्टा आवश्यक सूचना, जानकारी तथा सुझाव उपलब्ध गराउने गरेको छ ।  विष सेवन पछि गरिने उपचारका क्रममा  स्वास्थ्यकर्मीलाई जानकारी  दिनका लागि ०१–४५०२०११ मा सञ्चालनमा ल्याइएको छ। केन्द्रमा एक जना  विशेषज्ञ चिकित्सकनै खटाइएको छ ।

चिकित्सकले विष सेवनपछिको उपचारमा विष सेवनकर्ताको अवस्था बुझी उपचारमा सहयोग माग्ने स्वास्थ्यकर्मीहरूलाई थप सल्लाह सुझाव दिने गर्दछन्।  केन्द्रको गत बिहीबारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले  उद्घाटन गर्नुभयो। 

हालसम्म ४० जना विष सेवनकर्ताको उपचारमा केन्द्रले सेवा उपलब्ध गराएको र सेवा प्रभाकारी देखिएको केन्द्रका प्रमुख डा. राकेश घिमिरेले जानकारी दिनुभयो ।

नेपालमा आत्महत्याकाे प्रयास गर्ने मध्ये २० प्रतिशतले विष सेवन गर्ने गरेको तथ्याङ्क छ । गत बर्ष मात्र नेपालमा छ हजार नौं सय ३३ जनाले आत्महत्या गरेका थिए । यसरी आत्महत्या गर्नेमा पहिलो ठुलो संख्या  झुन्डिएर र दोस्रो विष सेवन गर्नेको संख्या थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.