बारामा यातायात व्यवस्था कार्यालय शुरु

बारा- बाराको सदरमुकाम कलैयामा यातायात ब्यवस्था कार्यालय शुरु भएको छ । मधेश प्रदेश सरकारका श्रम तथा यतायात मन्त्री चन्दन सिहले हिजो एक समारोहकाबिच उद्धघाटन गर्नु भएको हो ।

खाली रहेको शैक्षिक तालिम केन्द्र कलैयामा कार्यालय शुरुवात गरिएको हो । कार्यालयको उद्घाटन गर्दै मन्त्री सिहले सवारी लाईसेन्सका लागि १० बर्ष र ब्ल्युबुकमा एकचोटी कर तिरे पछि आजिवन कर तिर्नु नपर्ने कामको थालनी प्रदेश सरकारले गर्न लागेको बताउनु भएको छ ।

मन्त्री सिंहले सर्व सधारणले भोग्दै आएको बेतिथीलाई अन्त्य गर्दै आफ्नै गाँउठाँउमा कार्यालय संचालन गरी सेवालाई प्रभावकारी बनाउन लागेको बताउनु भएको छ ।

प्रदेश सरकार योजना अन्तर्गत नै सबै जिल्लाबाटै अब यातायात सम्बन्धी सबै काम भएको बताउनु भएको छ । निकट भविष्यमानै बारा जिल्लाबाट अटोमेटिक सेन्सरसहितको आधुनिक ट्रायल सेन्टर शुरु हुने उहाँले बताउनु भयो ।

प्रविधिको प्रयोगले आर्थिक अनियमितता कम गर्ने र अनयिमितता हुन नदिन सबै काम गरिने उहाँले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.