सिँगो गाउँ नै मौरीपालनमा , आम्दानी राम्रो भए पछि किसान उत्साहित

नवलपुर- बुलिङटार गाउँपालिका २ डाडाँझेरीका टिकाराम दर्लामी मगर ४४ बर्ष देखि मौरीपालन गर्नुहुन्छ । अहिले उहाँकाे बार्षिक आम्दानी एक लाख माथि छ। ७७ बर्षको उमेरमा मगरले यो पेशालाई निरन्तरता दिईरहनुभएको छ ।
अहिले जताततै अत्याधुनिक मौरीको घारबाट मौरीपालन गर्ने प्रचलन भए पनि टिकाराम दर्लामी मगरले ४४ बर्ष देखि काठको घार बनाएर नै मौरीपालन गरिरहेका र यो पेशाबाट राम्रो आम्दानी गरिरहेका स्थानीय समाजसेबी यमबहादुर दर्लामी मगरले बताउनुभयो ।
काठको घार बनाएर मौरीपालन गर्न थालेका यो गाउँका २१ घर परिबारले ब्यबसायिक मौरीपालन गरेर राम्रो आम्दानी लिन सफल भएका मात्र छैनन आम्दानीमा पनि ठुलो परिबर्तन आएको र यहाँको गाउँलेको जबिनस्तरमा समेत आमुल परिबर्तन आएको बुलिङटार गाउँपालिका २ डाडाँझेरीका पुुर्ब वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभयो ।
प्रत्येकको घरघरमा काठका मौरीका घार र त्यस माथि मौरी रहेका र चराउन पनि नपर्ने र कुनै पनि बिषादी प्रयोग नहुने र शुद्ध मह मात्र काठको मौरीको घारबाट निकालिने गरेको र यहाँको मह अत्यन्त राम्रो र गुणस्तर भएकाले घरबाटै बिक्री हुने गरेको र सबै गाउँलले बनाएको मह ग्राहकलाई पुरयाउन पनि मुश्किल भएको स्थानीय नौला सिहँ जर्घा मगरले बताउनुभयो ।
यो गाउँका स्थानीयले काठको बाहेक अन्य मौरीका घार प्रयोग गर्न सबै तिरबाट सहयोग समेत प्राप्त हुने आशवासन पाए पनि उनहिरुले मौरीपालन काठकै घारमा गर्ने गरेका र काठको घारको मह अत्यन्तै रामे र मिठो हुने भएकाले पनि काठ बाहेक अन्य अत्याधुनिक घार उनहिरुले प्रयोग गर्न हिचकिचाएका स्थानीय शिक्षक राजेन्द्र राजभाटले बताउनुभयो ।
मौरीपालनबाट हरेक बर्ष एक घर परिबारले रु ५० हजार देखि एक लाख सम्म कमाएको उनहिरु बताउँछन् र एक घर परिबारले २० देखि ५० सम्म काठका मौरीका घारमा मौरी पालन गरेका स्थानीय रामबहादुुर दर्लामी मगरले बताउनुभयो । यो पेशालाई खासै मिहेनत गर्न पनि नपर्ने भएकाले पनि यहाँका कृषकको आयआर्जनमा यसले ठुलो प्रभाब पारेको वडा सदस्य ज्यूुमायाँ बाँचे मगरले बताउनुभयो ।
यो गाउँमा मौरीपालनको अतिरिक्त अदुवा खेती,अम्लिसो खेती,तरकारी खेती,बाट यो गाउँ आर्थिक जीबिकोपार्जनमा धेरै अगाडि बढेको डाडाँझेरीका बिशाल आले मगरले बताउनुभयो ।
काठको घारबाट मौरीपालन गरि आर्थिक जीबिकोपार्जनमा अगाडि बढेको बुलिङटार २ डाडाँझेरीको गोठडाडाँ गाउँ ।






प्रतिक्रिया राख्नुहोस्