आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिनु भएको छ । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा पत्र बुझाउनु भएको छ ।
”उहाँले भोलिदेखि लागुहुने गरी राजीनामा दिनु बुझाउनु भएको छ । ४ बजे तिर राजीनमा पत्र बुझाउनु भएकाले मन्त्रालयले उहाँको राजीनामा सनाखत प्रक्रियमा प्रवेश गरेको छैन,” मन्त्रीको सचिवालयले भन्यो ।
थानीले राजीनामा व्याक्तिगत कारण देखाउनु भएको छ । थानीले आफ्नो कार्यकाल सकिनु अगाबै पदबाट राजीनामा दिएका हुन्।
थानि २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त हुनु भएको थियो । थानीले कार्यभार सम्हाल्दा घाटामा रहेको आयल निगम अहिले भने नाफामा रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्