देश अप्ठ्यारोमा छ: ओली  

ओखलढुंगा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था कायम गर्न, भ्रष्टाचार, तस्करी नियन्त्रण गर्न,सुशासन दिन नेकपा एमालेले मात्रै सक्ने दावी गर्नु भएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कानुन र न्यायको राज एमालेबाट मात्रै सम्भव रहेको बताउनुभएको हो ।

उहाँले देशको हित, राष्ट्रको राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता र राष्ट्रिय हितहरुको रक्षा सम्बर्द्धन गर्न एमाले आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा ओले यतिबेला देश अप्ठ्यारोमा  परेको र देशलाई अप्ठ्यारोबाट निकाल्न एमालेले नेतृत्व लिने बताउनुभयो ।

यसैबीच प्रदेश १ को पुन नामाकरणका लागि आन्दोलन गरिरहेका पहिचान पक्षधरले एमालेको कार्यक्रमलाई अवरोध गर्ने गरी सडक बन्द गरेका छन् । घुर्मीदेखि लेगुवा सडक खण्ड खुलाउन प्रहरीले आज दिनभर स्कर्टिङ गरेको थियो ।

ओखलढुंगा, खोटाङ, उदयपुरलगायतका जिल्लामा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

पहिचान पक्षधरले ओखलढुंगातर्फको सिद्धिचरण लोकमार्गमा रुख ढालेर र मध्यपहाडी लोकमार्गमा टायर बालेर अवरोध सिर्जना गरेका थिए ।

ओलीले पहिचानविरूद्धमा दिएको अभिव्यक्ति सच्याउनु पर्ने र प्रदेशको पुन: नामाकरण गरिनुपर्ने भन्दै एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वारा समेत पहिचान पक्षधरले भत्काइदिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.