महासमिति बैठक सार्न नदिने रणनीतिमा संस्थपनइतर,शेखर र गगनलाई जोडदै केसी

काठमाण्डौँ – मंसिर २९ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । उक्त बैठकबाट महासमिति बैठक सार्ने तयारी सभापति शेरबहादुर देउवाले गरेपछि संस्थापनइतर समुह भने त्यसलाई रोक्ने कसरतमा लागेको छ ।
चिसाेको कारण देखाउँदै पार्टी सभापति देउवाले आगामी पुस १६ -१९ का लागि तय भएको महासमिति बैठक सार्न गरेको तयारी गरिरहँदा संस्थापनइतर समूह आफैमा एक ढिक्का देखिएको छैन । महामन्त्री गगन कुमार थापाको काठमाडौँ बाहिर कार्यक्रम तय भएको दिन मंगलबारको नै शेखर कोइरालाले समुह बैठक बोलाउनुले यस विषयलाई थप पुष्टि गर्छ । तथापि अन्तिम समयमा आएर उक्त बैठक भोलि बुधबारका लागि सारिएको छ ।
शेखरले आजका लागि बोलाएको बैठक भोलिको लागि सार्नुमा भने संस्थपनइतरका केही सिनियर नेताहरुको भूमिका देखिएको छ । जसको अगुवाइ पूर्वसहमहामन्त्री अर्जुननरसिंह केशीले गर्नु भएको छ । महासमिति बैठक सार्ने पार्टी सभापतिको योजना असफल बनाउन पहिला आफ्नो समुह नै एक हुनुपर्ने भन्दै नेता केशी सहितका केही नेताहरू आफ्नो समूहलाई नै बलियो बनाउन जुटेका हुन । आफुहरुले लिएको पहलबाट समूहको नेतृत्व गरिरहेका शेखर कोइराला र महामन्त्री थापाबीच चिसिन लागेको सम्बन्धमा गरम गराउन सहयोग पुगेको नेताहरु बताउछन्।
कार्य सम्पादन समिति बैठक बस्नुअघि नै संस्थापनइतर नेताहरूलाई एकढिक्का बनाउन नेता केसीले सोमबार आफ्नै निवास गोगंबुमा नेता कोइराला र महामन्त्री थापा लगायतका नेताहरुलाई एकै ठाउँ गराउनु भयो । जसले तत्कालका लागि संस्थापनइतर समुह भित्र देखिएको धुव्रिकरणका रोकिदिएको छ।
”नेताहरूबीच केही विषयमा मिस मिसअंडरस्टैंडिंग रहेछ । हिजोको बैठकमा त्यसलाई चिर्ने काम भयो । मंगलबारका लागि तय गरेको बैठक भोलि बुधबारका लागि सरिएको छ । भोलिको बैठकमा महामन्त्री थापा पनि आउनुहुन्छ । भेटघाट उपलब्धि मूलक नै रह्यो,” नेता केसीले नेपाल टिभी अनलाइनसँग भन्नु भयो ।
भोलि बत्तिशपुतलि स्थिति अनुपम फुडल्याण्डमा बस्ने बैठकमा विशेषगरी महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचनदेखि सरकारका काम कारवाहीको समेत गंभिर समीक्षा गर्ने र कार्यसम्पादन समिति बैठकमा संस्थपनइतर समुहबाट एकै धारणा लैजाने नेताहरुले बताएका छन् । यस अघि पनि पटक पटक सर्दै आएको महासमिति बैठक पुन: सार्न नहुने र सार्न नदिइने नेताहरुले बताएका छन् ।





प्रतिक्रिया राख्नुहोस्