नेपालमै पहिलो पटक भेटियाे सेताे गिद्ध 

नवलपुर- पुर्वी नवलपरासीको कावासोतीमा रहेको  जटायु रेष्टुरेण्टमा विरलै देखिने सेतो रंगको हिमाली गिद्ध भेटिएको छ ।
नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रंगको देखिएको थियो । पहिलो पटक पूरै सेतो रंग भएको देखिएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् ।
गएको आइतबार वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाईड प्रेम महत्तोको टोलीले पहिलो पटक नेपालमा सेतो रंगको हिमाली गिद्ध देखेका र फेला पारेका थिए ।
कालो, खैरो रंगको गिद्धको समूहमा एक्कासी सेतो रंगको गिद्ध देख्दा त निक्कै रोमाञ्चित बनेको नेचर गाइड एवं समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका संयोजक प्रेम महतोको अनुभव छ ।
जटायु रेष्टुरेण्ट स्थापना भए पछि सन २०११, सन २०२० र अहिले गरेर तीन पटक फरक फरक जातका दुर्लभ गिद्ध देखिएका महतोले बताउनुभयो  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.