मेनपावर सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौँ-भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) तथा रामेछाप दोरम्भा गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष ३३ का पदम लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिनुभयो ।

केसीका अनुसार मनोज र पदम नजिकको नातेदार भएको र निजहरुले नक्कली कागजातका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीलाई सेटिङ मिलाई प्रतिव्यक्ति रु ४० हजारदेखि रु ५५ हजारसम्म लिई युवायुवतीलाई विदेश पठाउने गरेका थिए ।

यही मङ्सिर २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई उक्त कार्यको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो । निज अधिकृत खड्कामार्फत पक्राउ परेका मनोज र निजको सालो पदमले तीन सय जना सेटिङ मिलाएर पठाएको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकालाई लिखितसम्बन्धी कसूर समेतका अपराधमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.