बीमित बिरामी फओअपमा आउँदा पुनः रेफर गर्नुपर्ने व्यवस्था हटाइयो

दीर्घरोगीलाई तीन–तीन महिनाको औषधि एकमुष्ट दिन सकिने

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले अब एकपटक रेफरभई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ ।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो ।

यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई अब देखि तीन–तीन महिनाको औषधि एकमुष्ट दिने भएको छ । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक–एक महिनाका लागि औषधि दिने गरिन्थ्यो ।

बोर्डले स्वास्थ्य बीमाको सुविधा थैलीअन्तर्गतको औषधिको शूल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने निर्णय पनि गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि सरकारले विसं २०७२ चैत २५ गते स्वास्थ्य बीमा बोर्ड स्थापना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.