सिरहामा लागूऔषधसहित दुईजना पक्राउ

सिरहा- सिराहाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा पैदल हिंडिरहेका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीय मिलन कुमार श्रेष्ठ र वडा नं. ४ बस्ने १९ वर्षीय अभिशेक यादव रहेका छन् । खानतलासीका क्रममा उनीहरूबाट बिभिन्न पक्रारका लागूऔषध बरामद भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता रबिन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.