स्थानिय मै उत्पादित केरा बेचेर पृथ्वी राजमार्गमा मै आम्दानी

धादिङ – धादिङका किसानले पृथ्वी राजमार्गका सडकमा केरा विक्रिबाट दैनिक आठ हजार आम्दानी गरेका छन्। विशेषा गरी पृथ्वी राजमार्ग हुदै पोखरा -चितवन घुम्न जान तथा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले केरा किन्ने गर्छन। राजमार्गमा दर्जनौ किसानले यस्ता पसल संचालनमा ल्याएका छन् । आकर्षक सजावटसहित किसानले केराकाे घारी नै झुण्डायर राखेका हुन्छन् । उत्पादनले बजार नपाएपछि आफ्नै बारीमा उत्पादित केरा बेच्नकालागि किसान आफैले पसल राख्न शुरू गरेका हुन् ।

चिसोका कारण भने अहिले बिक्रिमा केही कमी आएको छ । कोरोना महामारी पछी सडक व्यापार निकै बढेको भनाई ब्यपारीहरुको छ ।
राजमार्गको छेउछाउमा व्यवसाय गरी घर चलाउदै आएका ति किसानहरुले आफुहरुलाई दैनिक आम्दानीको श्रोत राम्रो हुने भएको बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.