भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार बनाउँदा जनताले दु:ख पाए:ओली

पाँचथर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार बनाउँदा जनताले दुःख पाएको भन्दै एकल बहुमतको सरकार आवश्यक रहेको बताउनु भएको छ ।

पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै ओलीले एकल बहुमतको सरकारले मात्र विकास र समृद्धि दिन सक्ने बताउनु भयो ।

”भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाए । अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्छ । ओलीले भन्नु भयो ।

पूर्व प्रधानमन्त्री ओलीले पहिचानवादीहरुलाई सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.