राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दलहरुलाई आज चुनाव चिह्न प्रदान गरिंदै

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुनेछ ।

निर्धारित समयमा आयोगमा दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको स्वीकृत कार्यतालिकामा उल्लेख छ ।

त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछन् । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ ।

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो ।

गोला प्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समयावधि आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.