म्याद नाघेका खाद्य तथा अखाद्य सामान नष्ट गरियो

धादिङ- जिल्ला बजार अनुगमन टोलीले जफत गरेको विभिन्न सामानहरु नष्ट गरिएको छ ।

अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट जफत गरिएको दिपावलीमा प्रयोग गरिने प्लाष्टिकको माला, म्याद गुज्रिएको चालम, दाल, जिरा, विस्कुट, चकलेट लगायतका खाद्यान्न सामाग्रीहरु नष्ट गरिएका हुन ।

खाद्यान्न सामाग्री ५१ हजार दुई सय ८० र प्लाष्टिकको माला ६ हजार आठ सय पचास रुपियाँ बराबरको सामाग्री नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले जानकारी दिनभयो।

निरन्तर रुपमा बजारको अनुगमन गरिरहेको भनाइ उहाँको थियो । प्रमुख गौतमले भन्नुभयो- ‘चाडवर्व आसपासमा गरिएको अनुगमनमा भेटिएका म्याद गुज्रिएको र प्लाष्टिकका माला लगायतका केही सामाग्री नष्ट गर्न बाँकी थिए । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ धादिङको रोहवरमा घरेलु तथा साना उद्योग कार्यालय परिसरमा नष्ट गरिएको हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.