विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना स्वीकृत

काठमाडौँ –  मन्त्रिपरिषदको बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ ।

मंसिर २८ गते बसेको बैठकले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि, हातहतियार खरखजना बाह्रौ संशोधन नियमावली पनि स्वीकृत गरेको छ ।

त्यसैगरी कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने, राष्ट्रिय वृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने, नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने लगाएतका निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.