अर्बौं लगानी गरिएको सूचना महामार्गको काम अलपत्र

धादिङ- राजमार्ग छेउछाउमा लथालिङ्ग अवस्थामा देखिएका यी रंगिविरंगी पाइपहरु पिउने पानीका लागि गाडिएको नभई सरकारको डिजिटल नेपालको चाहना पूरा गर्ने लक्ष्यअनुरुप मध्यपहाडी लोकमार्गमा विच्छ्याउन लागिएको अप्टिकल फाइबरको पाइप हो ।

सडक निर्माणको काम सुरु गरिएलगतै भताभुङ्ग अवस्थामा रहेको यी पाइप उप्कियपछि सूचना महामार्ग निर्माणका लागि सुरु गरेको काम नै अलपत्र अवस्थामा छ । जस्ले गर्दा सरकारले अर्बौं लगानी गरेको डिजिटल नेपालको चाहना कहिले पूरा हुने हो अझै अन्यौलमै रहेको छ ।

फाइबरका लागि सडक किनारामा गाडिएका सबैजसो पाइप उप्किएर अहिले लथालिङ्ग अवस्थामा छ । धेरैजसो पाइपहरु त कामै नलाग्ने अवस्थामा रहेको छ । सरकारले विकासको मोडालिटी तयार गर्दा कुन पहिला गर्ने र कसरी गर्ने भन्ने कुराको यकिन गर्न नसक्दा यस्तो अवस्था आएको स्थानीयको गुनासो छ ।

त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग हुँदै अप्टिकल फाइबरका विच्छ्याउन गाडिएका सबै पाइप सडक निर्माणका क्रममा उप्किएको हो । सीसीएस नामक चाईनिज कम्पनीले पृथ्वी राजमार्गमा अप्टिकल फईवर विच्छ्याउन पाइप गाड्ने काम गरेको हो । धादिङको नौविसेदेखि चितवनको मुग्लिङसम्म फाइबरका लागि पाइप विच्छ्याउने काम पनि रोकिएको छ ।

तीन चरणमा निर्माण गरिंदै गरेको सूचना महामार्गको काम २०७६ सालमा सुरु गरी दुई वर्षमा सम्पन्न गर्ने भन्दै तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीले सो को सुभारम्भ गर्नुभएको थियो । तर काम भने फाइबरको लागि पाइप समेत विच्छ्याउने काम पनि अझै सम्पन्न हुन सकेको छैन ।

पाँचथरको चिवा भञ्ज्याङ्गदेखी गोर्खाको आरुघाटसम्म दुई हजार एक सय ७९ किलोमिटर सडक मुनी अप्टिकल फाइबरको तार विच्छाईने योजना छ ।

यसको कूल लम्बाईमध्ये पहिलो प्याकेज पाँचसय ९६, दोस्रो १ हजार २८ र तेस्रो पाँचसय ५५ किलोमिटर रहेको छ । अप्टिकल फाइबर विच्छ्याउन आयोजनाको कूल लागत तीन अर्ब रुपैयाँ रहेको छ ।

मुलुकमा यो आयोजना सम्पन्न भए स्मार्ट सिटी र ई-गभर्मेन्सका लागी आवश्यक पूर्वाधार तयार हुने विश्वास गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा प्रविधिको प्रयोगसँगै उत्पादन बृद्धि, रोजगार श्रृजना गर्नुका साथै कूल ग्राहस्थ उत्पादनमा समेत टेवा पुग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.