जेसीज बर्ष २०२४ का लागि रविन पोखरेल निर्वाचित

बुटवल- नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित हुनुभएको छ । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाउनुभएको थियो । ८४ मतान्तरले बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पछि पार्नुभएकाे हाे । उहाँ नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुनुहुन्छ ।पोखरेल यसअघिकाे निर्रवाचनमा पनि अध्यक्षकाे उम्मेद्वार हुनुहुन्थ्याे ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी बिजयी भएहुनुभएको छ । यस्तै महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित हुनुभयो भने उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित हुनुभयो ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.