वर्तमान संविधानले कुनै दलको वहुमत आउँदैन: देउवा

नुवाकोट – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले वर्तमान संविधान अनुसार कुनै एक दलको मात्र वहुमत नआउने भएकाले राजनीतिक दलहरुले गठबन्धन गरेर अघि बढ्नु परेको बताउनुभएको छ ।
नुवाकोटको विदुरमा आयोजित कांग्रेस नुवाकोटको प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको विधान र देशको संविधान दुवैको विषयमा कुरा उठिरहेको र आफुले गम्भीरतापूर्वक लिएको बताउनु भयो।
आफ्नै दलभित्रसमेत विविध विचार आइरहेका कारण कांग्रेसले पनि अव सोचेर अगाडि वढ्नुपर्ने वेला आएको सभापति देउवाले बताउनुभयो । कांग्रेस आफ्नै भाई भाई फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशको समस्या समाधानका लागि अहिलेको सरकारको विकल्प आवस्यक रहेको बताउनुभयो ।
‘सरकारसँग जनता निराश छन्, जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ ।’, वरिष्ठ नेता कोइरालाले अगाडि भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ, अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन, जनताले दुःख मात्रै पाउंछन् ।’






प्रतिक्रिया राख्नुहोस्